Union Legal Service And Research Centre
काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले जित्यो अन्तर बार फुटसल उपाधि

काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले जित्यो अन्तर बार फुटसल उपाधि

Union Legal Service Oct 07, 2024 Uncategorized

काठमाडौं । काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले फिटनेश फर लयर्स अन्तरगत आयोजित फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

६७ औं बार दिवशको उपलक्ष्यमा आयोजित इन्टर भ्याल्ली बार फुटसल टूर्नामेण्ट २०७९ मा आयोजक काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले जित हासिल गरेको हो ।

हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीको संयोजनमा आयोजना भएको प्रतियोगितामा उच्च अदालत बार एसोसिएसनले दास्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा उल्लेखित २ सँगै भक्तपुर जिल्ला अदालत बार एशोसिएसन र ललितपुर जिल्ला अदालत बार एशोसिएसन गरी ४ टिम सहभागि थिए ।

लिग चरणमा आधारित खेलमा अंकका आधारमा आयोजक काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसन र उच्च अदालत बार एसोसिएसन फाइनलमा पुगेका थिए । पुस ७ गते भएको फाइनल खेलमा काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसनले उच्च अदालत बार एसोसिएसनमाथि ५–० गोलअन्तरको जित हासिल गरेको हो ।
कायममुकायम प्रधान न्यायधिस हरिकृष्ण कार्की र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसनलाई प्रथम पुरस्कार स्वरुप कप, प्रमाणपत्र, मेडल हस्तान्तरण गरेका थिए । उपविजेता उच्च अदालत बार एसोसिएसनलाई प्रमाणपत्र तथा मेडल र सहभागि भक्तपुर जिल्ला अदालत बार एसोसिएसन तथा ललितपुर जिल्ला अदालत बार एसोसिएसनलाई सहभागिताको प्रमाण पत्र दिइएको थियो ।

प्रतियोगितामा ९ गोल सहित सर्वाधिक गोलकर्ता काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसनका खेलाडी एवं हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीलाई प्रमाणपत्र तथा गोल्डेन बुट समेत हस्तान्तरण गरिएको थियो ।